- आज सेन्सेटिभ इण्डेकस ७.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.२७ अंक बढेको छ ।
काठमाडौं: साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसुचक २५.८९ अंकले बढेर २७३१.८० बिन्दुमा पुगेर रोकिएको छ ।
नेप्से वृद्धि भएसँगै कारोबार रकम पनि बढेको छ । बुधबार ७ अर्ब ४५ करोड १८ लाख ७७ हजार १०२ रुपैयाँ बराबरको १ करोड ५८ लाख २२ हजार ९७० कित्ता शेयर खरिद विक्री भएकोमा यस दिन ३१२ स्टकको ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार ७३९ रुपैयाँ बराबरको २ करोड ६४ लाख ७० हजार ८४० कित्ता शेयर खरिद विक्री भएको छ ।
आज सेन्सेटिभ इण्डेकस ७.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.२७ अंक बढेको छ । त्यसैगरी, सेन्सेटिभ फ्लोट इण्डेक्स भने २.६७ अंक बढेको छ । यस दिन माइखोला हाइड्रो पावरको शेयर मूल्य ६६.६२ रुपैयाँले बढेर प्रतिकित्ता ८८४.१५ रुपैयाँमा अन्तिम काारोबार भएको छ । मान्डु हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ५९ रुपैयाँले वृद्धि हुँदै ९३१.७८ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी समता घरेलु लघुवित्त र भगवती हाइड्रोको शेयर मूल्य पनि क्रमश प्रतिकित्ता क्रमशः ५४.३६ रुपैयाँ र ६६.८५ रुपैयाँले बढ्दै ८३१.३४ र १ हजार ९१.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यस दिन एनआरएन इफ्रास्टक्चर, बुटवल पावर कम्पनी, सानीमा बैंक लिमिटेड र सप्तकोशी विकास बैंकको शेयर मूल्य सबैभन्दा बढी कारोबार भएको छ । यसदिन कर्पोरेट डेभ्लप्मेन्ट बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेर सर्वाधिक ९.९२ प्रतिशत घटेर २३४०.४० रुपैयाँ प्रतिकित्तामा अन्तिम कारोबार भएको छ । राप्ती हाइड्रो एण्ड जनरल कन्र्सट्रक्सनको मूल्य ६.४७ प्रतिशतले घटेर ३५७.६८ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
त्यसैगरी सिन्धु विकास बैंकको शेयर मूल्य पनि ४.३९ प्रतिशितले घट्दै प्रतिकित्ता ८८२.७४ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।