अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सम्झौता
२०८२ असार १९ विहिवार
- भारतीय सरकारको स्वामित्वमा रहेको एसजेभीएनले संखुवासभा जिल्लामा ९०० मेगावाट मेगावाट क्षमताको अरुण तेस्रो परियोजना निर्माण गरिरहेको छ ।
काठमाडौं : अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सतलज जलविद्युत निगम (एसजेभीएन) ले उत्तर प्रदेश पावर कर्पोरेशन लिमिटेड (युपिपिसीएल) सँग सम्झौता गरेको छ ।
भारतीय सरकारको स्वामित्वमा रहेको एसजेभीएनले संखुवासभा जिल्लामा ९०० मेगावाट मेगावाट क्षमताको अरुण तेस्रो परियोजना निर्माण गरिरहेको छ ।
भारतिय सञ्चार माध्यम ‘द प्रिन्ट’ का अनुसार कम्पनीले आफ्नो आगामी २१० मेगावाट लुहरी चरण–१ र ३८२ मेगावाट सुन्नी बाँध जलविद्युत परियोजना र हिमाचल प्रदेशमा ३८२ मेगावाट सुन्नी बाँध बाट बिजुली आपूर्तिको लागि युपिपिसीएल सँग बिजुली खरिद सम्झौता मा पनि हस्ताक्षर गरेको शिमलास्थित एसजेभिएनले एक विज्ञप्तिमा भनेको छ ।
यी परियोजनाहरूले राष्ट्रिय ग्रिडमा ५९२ मेगावाट हरित ऊर्जा थप्नेछन् । यी परियोजनाले वार्षिक २१४० मिलियन युनिट बिजुली उत्पादन गर्नेछन् ।
दुवै परियोजनाहरू डिसेम्बर २०२८ सम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको छ । “एसजेभिएनले आफ्नो ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाबाट बिजुली आपूर्तिको लागि उत्तर प्रदेश पावर कर्पोरेशन लिमिटेडसँग विद्युत बिक्री सम्झौतामा हस्ताक्षर गरेको छ,” उक्त विज्ञप्तिमा भनिएको छ ।
परियोजना सञ्चालनमा आउँदा, परियोजनाले ९०० मेगावाट स्वच्छ ऊर्जा उत्पादन गर्नेछ र राष्ट्रको बढ्दो बिजुलीको माग पूरा गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
यो परियोजना सन २०२८ सम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।यसका अतिरिक्त, एसजेभिएनले आफ्नो ३८२ मेगावाटको सुन्नी बाँध जलविद्युत परियोजनाबाट बिजुली आपूर्तिको लागि नयाँ दिल्ली नगर परिषद् सँग पनि पिपिएमा हस्ताक्षर गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।