- अटो पालर्सका निर्देशक सौरभराज पाण्डेले अहिले ईभीको मार्केट बढिरहेको अवस्थामा यसलाई व्यवस्थित तरिकाले अगाडि बढाउनको लागि अटो पालर्स भन्ने स्वरुम खोलेको बताए ।
काठमाडौं: अटो पालर्स प्रालिले नयाँ अटो पालर्स शोरुमको उद्घाटन गरेको छ ।
शनिबार काठमाडौंमा ईभी गाडीहरुको प्रिमियम सामानहरु भएको अटो पालर्स शोरुमको उद्घाटन भएको हो ।
सो क्रममा अटो पालर्स प्रालिको सिइओ उपेन्द्रराज पाण्डेले नेपालमा ईभीलाई ध्यानमा राखेर शोरुमहरु स्थापना नभएको भन्दै ईभी गाडीहरुको प्रिमियम सामान मात्र राख्ने शोरुम खोलेको बताए ।
यस्तै, अटो पालर्सका निर्देशक सौरभराज पाण्डेले अहिले ईभीको मार्केट बढिरहेको अवस्थामा यसलाई व्यवस्थित तरिकाले अगाडि बढाउनको लागि अटो पालर्स भन्ने स्वरुम खोलेको बताए ।
उनले भने, ‘अटो प्रो भनेर ईभी गाडीको लागि बनाएको हो । जुन अहिले ईभीको मार्केट बढि रहेको छ त्यसलाई व्यवस्थित तरिकाले अगाडि लानको लागि पनि यो अटो पालर्स भन्ने स्वरुम संचालनमा ल्याएका हौं ।’
बजारमा विभिन्न ब्राण्डका नयाँ गाडीहरु आएका छन् र त्यसको लागि चाहिने एकदमै गुणस्तरको पार्टस्हरु यस अटो पालर्समा रहेको पनि उनको भनाई छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’