बजेट माथी टिप्पणी गर्नु आवश्यकता छैन : अधिवक्ता थापा

२०८२ जेठ २० मंगलवार
सारांश
  • आ.व २०८२÷०८३ को बजेट समिक्षा विश्लेषणात्मक छलफल कार्यक्रममा बोल्दै उनले बजेटलाई निजी क्षेत्रले स्वागत गरेको भन्दै बजेट स्थायीत्व तिर अघि बढेको बताएका हुन् ।

काठमाडौं : वरिष्ठ अधिवक्ता महेशकुमार थापाले यस पटकको बजेटको सुन्दर पक्ष स्थायीत्व रहेको प्रतिक्रिया दिएका छन् । 


आ.व २०८२÷०८३ को बजेट समिक्षा विश्लेषणात्मक छलफल कार्यक्रममा बोल्दै उनले बजेटलाई निजी क्षेत्रले स्वागत गरेको भन्दै बजेट स्थायीत्व तिर अघि बढेको बताएका हुन् । 


उनले भने,‘ अघिल्लोे वर्षका बजेट अलि बढि विवादित हुनुपर्ने कारण भनेको करको दर रेटहरु हो । तर यस वर्ष त्यस्तो समस्या देखिएको छैन । यो बजेट स्थायीत्व तिर गएको हो की भन्ने पनि लाग्छ । यो बजेटको स्थायीत्व नै सुन्दर पक्ष हो ।’ 


उनले बजेटलाई निजी क्षेत्रले स्वागत गरेकाले यसका कमिकमजोरी माथी टिप्पणी गर्नु पर्ने आवश्यकता नरहेको बताए । 


‘यस पटकको बजेट सापेक्षित राम्रो हो, यो बजेट भाषण सकिने बित्तिकै टार्गेट समुह जून निजी क्षेत्र हो । निजी क्षेत्रले स्वागत गर्दै गरेको हामीले देखिरहेको अवस्थामा यसको कमिकमजोरको टिप्पणी थोरै भएकाले पनि समग्ररुपमा बजेटलाई राम्रो बजेट हो भन्ने बुझ्नुपर्छ,’ उनले भने ।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार