नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, म्युचुअल फन्ड उपसूचकबाहेक सबै हरियो
२०८१ फागुन १८ गते आईतवार
- नेप्से परिसूचक ७५ दशमलव २४ अङ्कले बढेर दुई हजार आठ सय ९० को विन्दुमा कायम भएको छ ।
काठमाडौँ, १८ फागुनः साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ ।
नेप्से परिसूचक ७५ दशमलव २४ अङ्कले बढेर दुई हजार आठ सय ९० को विन्दुमा कायम भएको छ । जुन दुई दशमलव ६७ प्रतिशतको वृद्धि हो ।
आज विभिन्न तीन सय दुई कम्पनीका दुई करोड ९१ लाख ६६ हजार छ सय ५६ कित्ता शेयर एक लाख ३९ हजार पाँच सय ९६ पटक खरिदबिक्री हुँदा रू १४ अर्ब २५ करोड चार लाख ७५ हजार सात सय ३६ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा म्युचुअल फन्ड समूहको उपसूचक एक दशमलव २७ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक हरियाली छाएको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह चार दशमलव ७९, जीवन बीमा समूह चार दशमलव ३१, होटल तथा पर्यटन चार दशमलव २८ र वित्त समूह चार दशमलव २८ प्रतिशतले बढेको छ ।
बैंकिङ दुई दशमलव ५३, विकास बैंक तीन दशमलव ८८, जलविद्युत् एक दशमलव ९८, लगानी तीन दशमलव ०३, लघुवित्त एक दशमलव ३५, निर्जीवन बीमा तीन दशमलव ४१, व्यापार एक दशमलव ०६ र अन्य समूह एक दशमलव ५१ प्रतिशतले बढेको छ । हिमालयन डिस्टिलरी लिमिटेड, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रू ९७ करोड ५३ लाख ७७ हजार बराबरको कारोबार भएको छ ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै घलेम्दी हाइड्रो लिमिटेडको आठ लाख ७३ हजार पाँच सय ७६ कित्ता शेयर किनबेच भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।