- आज चाँदीको मूल्य प्रतितोला रू पाँच बढेको छ ।
काठमाडौँ, ११ माघः अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेसँगै स्थानीय बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला रू एक हजारले बढेको हो ।
बिहीबार प्रतितोला रू एक लाख ५९ हजार छ सयमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ६० हजार छ सयमा किनबेच हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू पाँच बढेको छ । बिहीबार प्रतितोला रू एक हजार आठ सय ७५ मा खरिद बिक्री भएको चाँदी आज प्रतितोला रू एक हजार आठ सय ८० मा किनबेच हुनेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’