अब सहकारी संस्थाले बिना धितो ३ लाख बढि ऋण दिन नपाउने
२०८१ माघ १ गते मंगलवार
- राष्ट्र बैंकले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि जारी गर्ने एकीकृत निर्देशनको प्रारम्भिक मस्यौदामा यस्तो व्यवस्था गरेको हो ।
काठमाडौँ: नेपाल राष्ट्र बैंकले सहकारीबाट बिना धितो ३ लाखभन्दा बढिको ऋण प्रवाह गर्न नपाउने व्यवस्था गर्ने भएको छ ।
राष्ट्र बैंकले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि जारी गर्ने एकीकृत निर्देशनको प्रारम्भिक मस्यौदामा यस्तो व्यवस्था गरेको हो ।
मस्यौदामा सहकारीले नियमित बचत गरिरहेका सदस्यलाई बचत रकमको ५ गुणा वा बढीमा ३ लाखमध्ये जुन कम हुन्छ सो बराबर रकम मात्रै बिना धितो ऋण प्रवाह गर्न सक्ने व्यवस्था गरिएको छ ।
यसरी बिना धितो सहकारी संस्थाबाट ऋण प्रवाह गर्दा कम्तीमा दुई जना सदस्यको जमानी लिनुपर्ने पनि मस्यौदामा व्यवस्था गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’