- कार्यक्रमको उद्घाटन पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नुहुने पनि महासंघले जनाएको छ ।
काठमाडौ: नेपाल राष्ट्रिय व्यवसायी महासंघले पौष २० गते सातौं साधारण सभा तथा तेस्रो राष्ट्रिय अधिवेशन गर्ने भएको छ ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी संघले काठमाडौंको भृकुटिमण्डपस्थित सभागृहमा गर्न लागेको जानकारी दिएको हो ।
कार्यक्रमको उद्घाटन पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नुहुने पनि महासंघले जनाएको छ ।
साथै संघले नेपाल राष्ट्रिय व्यवसायी महासंघको विधान २०७४ तथा नेपाल सरकारको निर्वाचन प्रणालीले निर्दिष्ट गरे बमोजिम नै निर्वाचन सम्बन्धी प्रकृया अघि बढाएको र सोही बमोजिम निर्वाचन कार्य सुसम्पन्न गर्न अधिवक्ता अर्जुन अर्यालको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको जनाएको छ ।
निर्वाचन समितिले ९० पदका लागि उम्मेदवारी दिने मिति पुस १५ गते तोकेको छ भने अन्तिम उम्मेद्वारको नामावली प्रकाशन पुस १७ गते ३ः३०मा सार्वजनिक गर्ने जानकारी गराएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’