जालपादेवी केवलकारले पर्यटन प्रबर्धन गर्नेछ: अध्यक्ष ढकाल

२०८१ पुष १३ गते शनिवार
सारांश
  • पर्यटन पूर्वाधारमा लगानी गरे मात्र लक्ष्यअनुसार पर्यटक भित्र्याउन सकिन्छ । पर्यटकको बसाइ लम्बाउन, विदेशी मुद्रा थप आर्जन गर्न, रोजगारी नयाँ अवसर सिर्जना गर्न, थप राजस्व उठाउन सकिन्छ ।

कैलाली : आज कैलाली जिल्लाको कर्णाली चिसापानीमा जालपादेवी केबलकारको शिलान्यास भएको छ। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज एक कार्यक्रममा माझ उक्त केवलकार परियोजनाको शिलान्यास गरेकी हुन् ।

 

जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनले मात्र नेपालको आर्थिक, सांस्कृतिक र सामाजिक  मुलुकको कायापलट गर्न सम्भव रहेको बताए । उनले भने, “पर्यटन पूर्वाधारमा लगानी गरे मात्र लक्ष्यअनुसार पर्यटक भित्र्याउन सकिन्छ । पर्यटकको बसाइ लम्बाउन, विदेशी मुद्रा थप आर्जन गर्न, रोजगारी नयाँ अवसर सिर्जना गर्न, थप राजस्व उठाउन सकिन्छ । हामीले अपेक्षा गरेको आर्थिक विकास र समृद्धि हासिल पर्यटन प्रवर्द्धनबाट सम्भव छ ।”

 

प्रालिका अध्यक्ष ढकालले पर्यटनले अन्य सेवा क्षेत्रको तुलनामा धेरै रोजगारी सिर्जना गर्ने भन्दै यसबाट राजस्व पनि बढी सङ्कलन हुने उल्लेख गरिन । उनले ‘केबलकार पर्यटन सर्किट’ बनाउने आफ्नो लक्ष्यलाई जालपादेवी केबलकार निर्माणको शिलान्यासले नयाँ उत्साह थपेको बताए ।

 

यसको शिलान्यास र अबको निर्माणमा स्थानीय समुदाय, राजनीतिक दल र तीनै तहका सरकारका साथै सरोकार भएका निकायहरूको सहयोग प्राप्त भइरहने विश्वास व्यक्त गर्दै अन्य केबलकार निर्माण क्षेत्रका लागि पाएको सहयोग पनि उदाहरण बन्न पुगेको पनि उल्लेख गरे ।

 

व्यवसायी ढकालले अहिले काठमाडौँको चन्द्रागिरि, बुटवल र गैँडाकोटमा पनि केबलकार सञ्चालन गरिरहेका छन् । साथै पाथीभारा र चिसापानीमा केबलकार निमार्ण सुरु भएको बताउँदै उनले सबै केबलकारलाई एकिकृत योजनाअन्र्तगत सञ्चालन गरिने जानकारी दिए ।

 

लम्की चुहाँ नगरपालिका–३ को चिसापानीबाट मोहन्याल गाउँपालिका–७ राजकाँडासम्म पुग्ने तीन दशमलव एक किमी लामो केबलकारमा ३४ वटा गोन्डोला हुनेछन् । कुल रु पाँच अर्ब लगानी हुने केबलकारको बटम स्टेसनमा केबलकार, होटल, क्यासिनो, ब्याङ्क्वेट हल निर्माण हुनेछन्भने टप स्टेसनमा रिसोर्ट, मन्दिर, स्काई वक, वकिङ ट्रेल, रेष्टुरेन्ट तथा चिल्ड्रेन पार्कसहित अन्य पर्यटकीय तथा मनोरञ्जनात्मक पूर्वाधारहरू निर्माण हुनेछन् । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ

भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।

थप समाचार