- फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्पेनसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो भावुक देखिएका छन् ।
काठमाण्डौ, २३ अषाढ़ । फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्पेनसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो भावुक देखिएका छन् । उनले यो आफ्नो अन्तिम विश्वकप रहेको पुष्टि गर्दै आफूले देशका लागि सक्दो प्रयास गरेको बताएका छन् ।
खेलपछि प्रतिक्रिया दिँदै रोनाल्डोले भने- 'यसरी प्रतियोगिताबाट बाहिरिनुपर्दा अहिले निकै दुःखी छु। तर मैले आफ्नो तर्फबाट सक्दो सबै प्रयास गरेँ।'
उनले टोलीको प्रदर्शनको प्रशंसा गर्दै स्पेनलाई प्रतियोगिताको प्रमुख दाबेदारसमेत बताए । रोनाल्डोले भने- 'हामीले राम्रो खेल खेल्यौँ । अझ राम्रो गर्न सक्थ्यौँ, तर स्पेन विश्वकै उत्कृष्ट टोलीमध्ये एक हो । उनीहरू फाइनलसम्म पुग्न सक्छन्, वा त्यसको निकै नजिक पुग्नेछन् ।'
४१ वर्षीय रोनाल्डोले यो आफ्नो अन्तिम विश्वकप भएको दोहोर्याउँदै अब केही समय परिवारसँग बिताउने बताए ।उनले भने- 'हो, यो मेरो अन्तिम विश्वकप थियो । अब मसँग सोच्ने समय हुनेछ, परिवारसँग बस्नेछु र जीवन अघि बढिरहन्छ ।' आफ्नो योगदानप्रति सन्तुष्ट रहेको उल्लेख गर्दै उनले भने- 'म भोलि पनि आजजस्तै मनस्थितिमा उठ्नेछु । मैले आफ्नो तर्फबाट सबैभन्दा राम्रो प्रयास गरेँ ।'
पोर्चुगलका लागि हासिल गरेका सफलताप्रति गर्व व्यक्त गर्दै रोनाल्डोले भने- 'मैले पोर्चुगललाई तीनवटा उपाधि जिताउन मद्दत गरेँ । मअघि टोलीले एउटा पनि उपाधि जितेको थिएन । त्यसैले म खुसी मात्रै हुन सक्छु ।' उनले थपे- 'म सन्तुष्ट मन लिएर बिदा हुँदैछु । कहिले जितिन्छ, कहिले हारिन्छ, फुटबल यस्तै हो ।'
रोनाल्डोले सन् २०१६ मा जितेको युरोपियन च्याम्पियनसिपलाई पनि आफ्नो करिअरको सबैभन्दा ठूलो उपलब्धिमध्ये एक माने । उनले भने- 'सन् २०१६ मा जितेको युरोपियन उपाधि मेरा लागि विश्वकप जितेजत्तिकै महत्त्वपूर्ण छ । त्यो उपलब्धि सधैँ रहनेछ। अब भोलि नयाँ दिन हुनेछ र जीवन अघि बढ्नेछ ।'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
महाधिवेशन रोक्न देउवाको सर्वोच्चमा निवेदन, दर्ता हुन बाँकी
-
इजरायलले वेस्ट बैंकमा १२ सय घर बनाउने प्रक्रिया थालेपछि पश्चिमा देशको विरोध
-
बागमतीका मुख्यमन्त्री थापाले आइतबार विश्वासको मत लिने
-
काठमाडौँ महानगरका ४८१ शिक्षक तथा कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
-
गरिमा चौधरीलाई न्याय दिन माग गर्दै माइतीघरमा प्रदर्शन
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।