विश्वकपको गोल्डेन बुट दौडमा मेसी, एम्बाप्पे र हालान्डबीच कडा प्रतिस्पर्धा
२०८३ अषाढ़ २२ सोमवार
- जारी फिफा विश्वकप फुटबलको सबैभन्दा आकर्षक व्यक्तिगत पुरस्कारमध्ये एक गोल्डेन बुट को दौड थप रोचक बनेको छ ।
काठमाण्डौ, २२ अषाढ़ । जारी फिफा विश्वकप फुटबलको सबैभन्दा आकर्षक व्यक्तिगत पुरस्कारमध्ये एक गोल्डेन बुट को दौड थप रोचक बनेको छ । सर्वाधिक गोल गर्ने खेलाडीलाई प्रदान गरिने यो पुरस्कारका लागि विश्व फुटबलका शीर्ष फरवार्डहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
यसपटकको विश्वकपमा विशेष नजर फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पेमाथि छ । विश्वकपको इतिहासमा कुनै पनि खेलाडीले दुई पटक गोल्डेन बुट जित्न सकेको छैन । सन् २०२२ को विश्वकपमा सर्वाधिक गोल गर्दै गोल्डेन बुट जितेका एम्बाप्पेले यस वर्ष पनि उपाधि जित्न सके नयाँ इतिहास रच्नेछन् ।
एम्बाप्पेले सेनेगलविरुद्ध दुई गोल गर्दै आफ्नो अभियान उत्कृष्ट रूपमा सुरु गरेका थिए । तर अर्जेन्टिनाका कप्तान लियोनल मेसीले अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै गोल्डेन बुटको दौडमा शीर्ष स्थान कब्जा गरेका छन् ।
यस्तै, इङ्ग्ल्यान्डका कप्तान ह्यारी केन र नर्वेका स्ट्राइकर इर्लिङ हालान्ड पनि सर्वाधिक गोलकर्ताको प्रतिस्पर्धामा बलिया दाबेदारका रूपमा रहेका छन् । हाल मेसी, एम्बाप्पे र हालान्ड ७-७ गोल सहित शिर्ष स्थानमा छन् भने इङ्ग्ल्यान्डका कप्तान ह्यारी केन ६ गोलसहित दोस्रो स्थानमा रहेका छन् ।
त्यस्तै इङल्याण्डका जुड बेलिङघम, उसमान डेम्बेले, र स्पेनका मिकेल ओयारजाबाल ४-४ गोलसहित तेस्रो स्थानमा रहेका छन् । त्यस्तै ब्राजिलका भिनिसियस जुनियर, मेक्सिकोका जुलियन क्यूइनोनेज र सेनेगल सारले पनि ४-४ गोल गरेका भए पनि उनीहरु विश्वकपबाट बाहिरिएकाले गोल्डेन बुटको दौडबाट पनि बाहिरिएका छन् ।
प्रतियोगिता अघि बढ्दै जाँदा यी स्टार खेलाडीबीचको प्रतिस्पर्धा अझ रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
गोल्डेन बुट विजेता निर्धारण गर्दा सर्वप्रथम गोलको संख्या हेरिन्छ । यदि दुई वा बढी खेलाडीको गोल बराबर भएमा सर्वाधिक असिस्ट गर्ने खेलाडीलाई अगाडि राखिन्छ । असिस्ट पनि बराबर भए सबैभन्दा कम समय मैदानमा खेलेको खेलाडीलाई विजेता घोषित गर्ने फिफाको नियम छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काँग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता हुँदै
-
‘नेपाल कान्छो राष्ट्र होइन, ऐतिहासिक राष्ट्र हो’—प्रम बालेनको अभिव्यक्तिमाथि इतिहासविद् ढुङ्गेलको टिप्पणी
-
आजको राशिफल: वि.सं. २०८३ असोज २० गते मङ्गलवार
-
साढे ५ महिनापछि धितोपत्र बोर्डले दियो आईपीओ अनुमति
-
वेत्रावतीमा बेलिब्रिज जडान जारी, पाँच दिनभित्र सम्पन्न हुने
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।