वरिष्ठ अर्थशास्त्री बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध, कुलमानले गरे स्वागत

१२ मार्ग, २०८३
सारांश
  • बज्राचार्यलाई पार्टीले महत्वपूर्ण जिम्मेवारीसहित केन्द्रीय नेतृत्वमा समेटेको जनाएको छ । पार्टी सभापति कुलमान घिसिङले उनलाई खादा ओढाएर पार्टीमा स्वागत गरेका थिए ।

काठमाडौं: वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन् ।

 

बज्राचार्यलाई पार्टीले महत्वपूर्ण जिम्मेवारीसहित केन्द्रीय नेतृत्वमा समेटेको जनाएको छ । पार्टी सभापति कुलमान घिसिङले उनलाई खादा ओढाएर पार्टीमा स्वागत गरेका थिए ।

 

शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गरेका बज्राचार्यको आबद्धताले पार्टीको नेतृत्व थप अनुभवी र प्राज्ञिक बन्ने विश्वास पार्टीले व्यक्त गरेको छ ।

 

उनको अनुभव र विज्ञताले पार्टीको नीति निर्माण तथा राष्ट्र निर्माणसम्बन्धी अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने पार्टीको अपेक्षा छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार