- बाजुरामा शुक्रबार राति भएको ट्रयाक्टर दुर्घटनामा तीन जनाको मृत्यु तथा चार जना घाइते भएका छन् ।
काठमाडौँ: बाजुरामा शुक्रबार राति भएको ट्रयाक्टर दुर्घटनामा तीन जनाको मृत्यु तथा चार जना घाइते भएका छन् ।
जगनाथ गाउँपालिको पिलुचौरबाट मनिकाँडातर्फ जाँदै गरेको सु.प.प्र.०१–००२ त ४६८७ ट्र्याक्टर दाउणामा दुर्घटना भएको हो । दुर्घनामा जगन्नाथ –३ मनिकाँडाका ४५ वर्षीय धनरुप शाही, ३५ वर्षीय धर्म शाही र ५२ वर्षीया नामसरा देवी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक गगनसिह भाटले जानकारी दिए ।
दुर्घटनामा जगन्नाथ–३ मनिकाँडाका ४० वर्षीय बिउरा ओड, ४५ वर्षीया सिद्धा ओड, २२ वर्षीया सङ्गीता शाही र २१ वर्षीय चालक बोहरा घाइते भएका छन् । उनीहरुको कोल्टी अस्पतालमा उपचार भइरहेको छ।
अछामको रामारोसन गाउँपालिका–४ का २१ वर्षीय नवीन बोहराले चलाएको ट्र्याटर अनियन्त्रित हुँदा सडक भन्दा करिब पाँच सय मिटर तल खसेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
विपदबाट बेपत्ताका परिवारलाई मृतकसरह राहत दिन ५० करोड निकासा
-
जलवायु परिवर्तनको असर: चट्याङ १४० प्रतिशतसम्म वृद्धि हुनसक्ने अध्ययनको निष्कर्ष
-
बाजुरामा ट्रयाक्टर दुर्घटनाः तीन जनाको मृत्यु, चार जना घाइते
-
नारायणगढ–मुग्लिन सडक आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने
-
सामाजिक सुरक्षा कोषमा ३३ लाखभन्दा बढी आबद्ध
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।