राष्ट्रपतिलाई भेटेर रवि बाहिरिएलगत्तै शीतल निवास पुगे बालेन

११ मार्ग, २०८३
सारांश
  • प्रधानमन्त्री वालेन्द्र शाह शीतल निवास पुगेका छन् । शाह र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता जारी रहेको बताइएको छ ।

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह शीतल निवास पुगेका छन् । शाह र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता जारी रहेको बताइएको छ ।

 

रास्वपा सभापति रवि लामिछाने राष्ट्रपतिलाई भेटेर निस्किएलगत्तै प्रधानमन्त्री पनि शीतल निवास पुगेका हुन् ।

 

भारत भ्रमण जानुअघि राष्ट्रपतिलाई ब्रिफिङ गर्ने परम्परा तोडेको भन्दै केहीले प्रधानमन्त्रीको आलोचनासमेत गरेका थिए । हिजो बालेनले सभापति लामिछानेसँग लामो संवाद गरेका थिए ।

 

भारत भ्रमणबाट फर्किएको ५ दिनपछि बालेनले राष्ट्रपति भेटेका हुन् । यसअघि रविले सरकारका कामकारबाही, संसद अधिवेशन, अध्यादेश र समसामयिक राजनीतिबारे राष्ट्रपतिसँग छलफल गरेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार