विपदबाट बेपत्ताका परिवारलाई मृतकसरह राहत दिन ५० करोड निकासा

१२ मार्ग, २०८३
सारांश
  • राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले केन्द्रीय विपद् व्यवस्थापन कोषबाट उक्त रकम जिल्ला विपद् व्यवस्थापन कोषमा पठाएको हो ।

काठमाडौं: विपद्मा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई मृतकसरह राहत उपलब्ध गराउन सरकारले ५० करोड १ लाख रुपैयाँ निकासा गरेको छ ।

 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले केन्द्रीय विपद् व्यवस्थापन कोषबाट उक्त रकम जिल्ला विपद् व्यवस्थापन कोषमा पठाएको हो ।

 

रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, डडेल्धुरा, जुम्ला, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र कञ्चनपुरका जिल्ला विपद् व्यवस्थापन समितिको मागअनुसार रकम निकासा गरिएको प्राधिकरणले जनाएको छ । अन्य जिल्लामा पनि मागका आधारमा रकम पठाउने तयारी भइरहेको छ ।

 

यसअघि रसुवा–भोटेकोशी बाढी, गोरखा–बुढीगण्डकी बाढी र कालीगण्डकी बाढीबाट प्रभावित तथा विपद् संकटग्रस्त क्षेत्र घोषित ४१ स्थानीय तहका लागि २४ करोड ५० लाख रुपैयाँ निकासा भइसकेको छ ।

 

त्यस्तै, रसुवा, नुवाकोट र धादिङका १२ स्थानीय तहका विपद् प्रभावित परिवारलाई १० वटा विकास साझेदार संघसंस्थाले बहुउद्देश्यीय नगद सहायतास्वरूप २९ करोड ६१ लाख ७५ हजार रुपैयाँ वितरण गरिसकेका छन् ।

 

प्राधिकरणले बेपत्ता व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने प्रक्रिया अघि बढाउन जिल्ला विपद् व्यवस्थापन कोषमा रकम पठाएको जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार