प्रधानमन्त्रीले राखे राष्ट्रिय सुरक्षा परिषद्को बैठक, के भयो छलफल ?
११ मार्ग, २०८३
- प्रधानमन्त्री वालेन्द्र शाहले आज राष्ट्रिय सुरक्षा परिषद्को बैठक राखेका छन् । बैठकमा मुलुकको समग्र सुरक्षा अवस्थामा बारेमा समीक्षा भएको बताइएको छ ।
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले आज राष्ट्रिय सुरक्षा परिषद्को बैठक राखेका छन् । बैठकमा मुलुकको समग्र सुरक्षा अवस्थामा बारेमा समीक्षा भएको बताइएको छ ।
सिंहदरबारमा बसेको परिषद्को ४४ औँ बैठकमा समग्र सुरक्षा अवस्थाको सम्बन्धमा छलफल र समीक्षा भएको परिषद् सदस्य सचिव एवं रक्षा मन्त्रालयकी सचिव इन्दु घिमिरेले बताइन् ।
साथै बैठकमा शान्ति सुरक्षा तथा अमनचयन र राष्ट्रिय सुरक्षा लगाएतका विषयमा पनि छलफल भएको घिमिरे जानकारी दिइन् । विपद् प्रतिकार्यको तयारीका विषयमा पनि बैठकमा छलफल भएको सुरक्षा परिषद्ले जनाएको छ
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।