कर्णालीले रास्वपालाई मत नदिएपनि विकासमा अगाडी ल्याउछौं- रवि लामिछाने

१२ मार्ग, २०८३
सारांश
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णालीलाई विकासमा प्राथमिकता दिने बताएका छन् ।

सुर्खेत : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णालीलाई विकासमा प्राथमिकता दिने बताएका छन् ।

 

रास्वपाको कर्णाली प्रदेशस्तरीय प्रशिक्षणको उद्घाटन गर्दै कर्णालीले रास्वपालाई मत नदिए पनि सरकारले कर्णालीको विकासका लागि काम गर्ने प्रतिबद्धता जनाएका हुन् । 

 

उनले आफुहरु भोटको सौदा गर्न नआएको बताउदै गत निर्वाचनमा कर्णालीबाट आफ्नो पार्टीले सोचेजस्तो सफलता हासिल गर्न नसकेपनि सरकारले कर्णालीलाई विकासमा अगाडी ल्याउने बताए ।

 

राजनीति चुनावको लागि मात्रै गर्न नहुने भन्दै लामिछानेले चुनावमा कर्णालीले आफुहरुलाई मत नदिए पनि पछाडी परेको कर्णालीलाई अगाडी ल्याउने प्रतिबद्धता व्यक्त गरे । 

 

उनले प्रशिक्षण चलिरहदा आफु कर्णालीका गाउमा बस्तिमा जनतासँग प्रत्यक्ष संवाद गर्ने र जनताका कुरा सुन्ने बताए । आफु जनताका कुरा सुन्दा रास्वपाका नेता कार्यकर्तालाई नलैजाने बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार