- निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुन समयमै निर्माण हुन नसक्दा निर्वाचन तयारीमा थप चुनौती सिर्जना भएको जनाएको छ।
काठमाडौं : निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुन समयमै निर्माण हुन नसक्दा निर्वाचन तयारीमा थप चुनौती सिर्जना भएको जनाएको छ।
शुक्रबार ललितपुरमा आयोजित आयोगको चौथो पञ्चवर्षीय रणनीतिक योजनाको मध्यावधि मूल्याङ्कनसम्बन्धी सरोकारवालासँगको परामर्श छलफलमा आयोगका सहसचिव नारायणप्रसाद भट्टराईले नयाँ प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), साइबर सुरक्षा तथा सामाजिक सञ्जालबाट फैलिने गलत र भ्रामक सूचनाको चुनौती सम्बोधन गर्नुपर्ने भए पनि निर्वाचन कानुन निर्माणमा भएको ढिलाइले समस्या सिर्जना गर्न सक्ने बताए।
उनले निर्वाचनसम्बन्धी कानुन सुधार, २०८४ सालमा हुने विभिन्न तहका निर्वाचनको पूर्वतयारी, प्रविधि तथा साइबर सुरक्षाको सुदृढीकरण र आयोगको संस्थागत क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
भट्टराईका अनुसार देशभरका सबै मतदान केन्द्रको भू–लोकेसन स्पष्ट भइसकेको छ। भू–सूचना प्रणालीसमेत अद्यावधिक गरिएको भन्दै मतदान केन्द्रको पूर्वाधार अवस्थासमेत मूल्याङ्कन गर्न सकिने गरी प्रणालीलाई थप स्तरीकरण गर्ने काम भइरहेको उनले जानकारी दिए।
निर्वाचनका लागि आवश्यक स्रोतसाधन तथा शान्ति–सुरक्षाका विषयमा संघीय सरकारमाथि निर्भरता बढी रहेको उल्लेख गर्दै उनले स्थानीय तह र टास्क फोर्समार्फत मतदाता शिक्षा तथा निर्वाचनसम्बन्धी समन्वयलाई थप व्यवस्थित गर्नुपर्ने आवश्यकता औँल्याए।
त्यस्तै, भट्टराईले आर्थिक वर्ष २०८१/८२ देखि २०८५/८६ सम्मका लागि तयार गरिएको चौथो रणनीतिक योजनाको पहिलो दुई वर्षको मध्यावधि मूल्याङ्कनमा हालसम्म २४ प्रतिशत क्रियाकलाप मात्रै पूर्ण रूपमा कार्यान्वयन भएको जानकारी दिए।
आयोगले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, समावेशी तथा विश्वसनीय निर्वाचनमार्फत लोकतन्त्रलाई सुदृढ बनाउने दीर्घकालीन लक्ष्यसहित चौथो पञ्चवर्षीय रणनीतिक योजना तयार गरेको जनाएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।