काँग्रेसमा विवादका बीच आफ्नो घरलाई बलियो बनाउन चन्द्र भण्डारीको अपिल

११ मार्ग, २०८३
सारांश
  • निर्वाचन आयोगबाट नेपाली कांग्रेस पार्टी अद्यावधिक भइसकेको उल्लेख गर्दै भण्डारीले कांग्रेस कुनै एक व्यक्ति वा पुस्ताको मात्र नभई पाँच पुस्ताको त्याग, तपस्या, पसिना र योगदानबाट निर्माण भएको साझा घर भएको बताएका छन् ।

काठमाडौं: नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले पार्टीभित्रका सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर पार्टीलाई थप बलियो बनाउन अपिल गरेका छन् ।

 

निर्वाचन आयोगबाट नेपाली कांग्रेस पार्टी अद्यावधिक भइसकेको उल्लेख गर्दै भण्डारीले कांग्रेस कुनै एक व्यक्ति वा पुस्ताको मात्र नभई पाँच पुस्ताको त्याग, तपस्या, पसिना र योगदानबाट निर्माण भएको साझा घर भएको बताएका छन् ।

 

उनले विगतका मतभिन्नता र असमझदारीलाई संवादमार्फत समाधान गर्दै पार्टीलाई एकताबद्ध, सुदृढ र समयानुकूल बनाउनु सबैको साझा दायित्व भएको बताएका छन् ।

 

‘हामीले बनाएको प्रजातान्त्रिक घरभित्र जनताको चाहनामा जो कोही प्रधानमन्त्री हुन सक्छ भने कार्यकर्ताको चाहनामा पार्टी सभापति पनि जो कोही हुन सक्छ। विमति किन ?’ भण्डारीले प्रश्न गरेका छन् ।

 

इतिहासको विरासत जोगाउँदै वर्तमानको जिम्मेवारी पूरा गर्न र भविष्यका पुस्ताका लागि सक्षम पार्टी निर्माण गर्न उनले आग्रह गरेका छन् ।

 

‘व्यक्ति होइन, विचार ठूलो; गुट होइन, पार्टी ठूलो; स्वार्थ होइन, लोकतन्त्र र राष्ट्रहित ठूलो’ भन्दै भण्डारीले सबैलाई साझा संकल्पसहित पार्टीमा सहभागी हुन अपिल गरेका छन् । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार