गृहमन्त्रीको बिहेमा बालेन र रवि गोरखा जाने तयारी, मन्त्रीहरूलाई बोलाइएन
११ मार्ग, २०८३
- गृहमन्त्री सुधन गुरुङको विवाहमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने करिब निश्चित भएको छ । पार्टी सभापति रवि लामिछानेले पनि बिहेमा आउने वचन दिएका छन् ।
काठमाडौं : गृहमन्त्री सुधन गुरुङको विवाहमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने करिब निश्चित भएको छ । पार्टी सभापति रवि लामिछानेले पनि बिहेमा आउने वचन दिएका छन् ।
गुरुङले प्रधानमन्त्री र सभापति दुवैलाई भेटेरै बिहेको निम्तो दिएका थिए । सभापति लामिछानेलाई उनले अस्ति बूढानीलकन्ठस्थित निवासमा पुगेर भेटेका थिए ।
यस्तै, प्रधानमन्त्री शाहसँग हिजो राति भेट गरेको स्रोतले बताएको छ । उनीहरू दुवैले अरु कार्यक्रम पन्छाएर भए पनि बिहेमा आउने वचन दिएका छन् ।
गुरुङले सरकारका अन्य मन्त्रीहरूलाई भने नबोलाउने भएका छन् । यसअघि बोलाउने तयारी गरे तापनि अहिले उनले मनस्थिति बदलेका हुन् ।
गुरुङको आज काठमाडौंमा ईंगेजमेन्ट भइरहेको छ । धेरै वर्षअघि अदालति विवाह गरेका गुरुङ अहिले औपचारिक विवाह वन्धनमा बाँधिन लागेका हुन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।