- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले गर्न लागेको १५औँ केन्द्रीय महाधिवेशनका लागि पाँचवटा समिति गठन गरिएको छ ।
काठमाडौँ : नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले गर्न लागेको १५औँ केन्द्रीय महाधिवेशनका लागि पाँचवटा समिति गठन गरिएको छ ।
महाधिवेशन मूल तयारी समितिको बैठकको निर्णयअनुसार संयोजक प्रा. डा. शशांक कोइरालाले विभिन्न समितिका संयोजक मनोनयन गरेका हुन् ।
जसअनुसार प्रचारप्रसार समितिको संयोजकमा केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महत, अतिथि सत्कार तथा समन्वय समितिको संयोजकमा केन्द्रीय सदस्य एनपी साउद र प्रशासन समन्वय तथा स्वयंसेवक परिचालन समितिको संयोजकमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत चयन भएका छन् ।
त्यस्तै, सांस्कृतिक समितिको संयोजकमा केन्द्रीय सदस्य विद्या तिमिल्सिना र स्वास्थ्य समितिको संयोजकमा डा. अमित कार्कीलाई जिम्मेवारी दिइएको छ ।
देउवा समूहले मंसिर २१, २२ र २३ गते काठमाडौँमा १५औँ केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।