जिल्ला प्रशासन कार्यालयबाट ७ बिचौलिया पक्राउ

११ मार्ग, २०८३
सारांश
  • जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको जनगुनासोपछि प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ।

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको जनगुनासोपछि प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ।

 

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो करिब २ः३० बजे जिल्ला प्रशासन कार्यालय परिसरबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

 

प्रहरीका अनुसार नियन्त्रणमा पर्नेमा सिन्धुलीको सुनकोसी गाउँपालिका–२ घर भई भक्तपुरको सूर्यविनायक बस्ने ४२ वर्षीय कमल खड्का, झापाको गेरादह नगरपालिका–७ घर भई सोही स्थानमा बस्ने ५० वर्षीय गोपालबहादुर बिष्ट र स्याङ्जाको भिरकोट नगरपालिका–५ घर भई काठमाडौंको सानो भर्‍याङ बस्ने ४६ वर्षीय देवप्रसाद अर्याल रहेका छन्।

 

त्यस्तै, काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी, ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी र तेह्रथुमको म्याङलुङ नगरपालिका–६ घर भई काठमाडौंको शङ्खमूल बस्ने ५७ वर्षीय स्वयम् कृष्ण निरौला पनि नियन्त्रणमा परेका छन्।

 

प्रहरीले जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई विभिन्न बहानामा प्रभावित पार्ने तथा अनावश्यक दुःख दिने गरेको गुनासोका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

 

नियन्त्रणमा लिइएका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार