फोहर उठाएर फ्याँकेजस्तो तरिकाले सुकुम्वासी समस्या हल हुँदैनः बाबुराम भट्टराई

११ मार्ग, २०८३
सारांश
  • पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले महिनौँ बितिसक्दा पनि उपत्यकाका सुकुम्वासी बस्तीहरूबाट हटाइएका वास्तविक सुकुम्वासीहरूको दिगो बसोबासको टुङ्गो लाग्न नसक्नु विडम्बनापूर्ण भएको बताएका छन्।

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले महिनौँ बितिसक्दा पनि उपत्यकाका सुकुम्वासी बस्तीहरूबाट हटाइएका वास्तविक सुकुम्वासीहरूको दिगो बसोबासको टुङ्गो लाग्न नसक्नु विडम्बनापूर्ण भएको बताएका छन्।


वैकल्पिक व्यवस्थाविना नै सरकारले होर्डिङ सेन्टर छाड्न उर्दी जारी गरेपछि उनले यस्तो बताएका हुन्।

 

उनले भनेका छन्, ‘स्मरण रहोस्, हाम्रो जस्तो अल्पविकसित देशमा ग्रामीण निर्वाहमुखी अर्थतन्त्र धराशायी भएर वैकल्पिक रोजगारीकानिम्ति शहर पस्न बाध्य श्रमिकहरू नै मुख्य रूपमा शहरमा आवासविहीन अर्थात् सुकुम्वासी बन्दछन् ।’

 

सुकुम्वासीहरूले शहरमा आवश्यक पर्ने सरसफाइ, घरेलु श्रम, हेरचाह सेवा, ढुवानीलगायत क्षेत्रमा अत्यावश्यक श्रमसेवा प्रदान गरेर अर्थतन्त्रलाई ठूलो योगदान पुर्‍याउने उनको भनाइ छ।

 

‘खास ऐतिहासिक चरणमा संसारका सबै देश र शहरहरूमा सुकुम्वासी समस्या उत्पन्न भएकै हुन्छ। त्यसलाई आधुनिक राज्यले विधिसम्मत र न्यायसङ्गत ढङ्गले हल गर्नै पर्छु उनले थपेका छन्, ‘फोहर उठाएर फ्याँकेजस्तो तरिकाले यो आर्थिक–सामाजिक र मानवीय समस्या कहिल्यै हल हुनै सक्दैन।’

 

सुकुम्वासी समस्यालाई शहरीकरणको क्रममा उत्पन्न हुने अनिवार्य ऐतिहासिक प्रक्रिया मानेर शहरभित्रै गरिबहरूलाई सम्मानजनक आवासको व्यवस्था गरेर दिगो ढङ्गले समस्या हल गर्नु नै संविधान र समावेशी लोकतन्त्रको मर्म भएको उल्लेख गरेका छन्।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार