वैकल्पिक आवासबिना सुकुम्वासीलाई आश्रयस्थलबाट नहटाउन कुलमान घिसिङको आग्रह
११ मार्ग, २०८३
- काठमाडौं उपत्यकाका नदी किनारबाट उचित वैकल्पिक व्यवस्था नगरी विस्थापित गरिएका परिवारलाई अहिले आश्रय लिइरहेको स्थान खाली गर्न निर्देशन दिइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको घिसिङले बताएका छन् ।
काठमाडौं : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भक्तपुरको मध्यपुर थिमी–बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा आश्रय लिइरहेका सुकुम्वासी परिवारलाई वैकल्पिक आवासको व्यवस्था नगरी नहटाउन सरकारसँग आग्रह गरेका छन् ।
काठमाडौं उपत्यकाका नदी किनारबाट उचित वैकल्पिक व्यवस्था नगरी विस्थापित गरिएका परिवारलाई अहिले आश्रय लिइरहेको स्थान खाली गर्न निर्देशन दिइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको घिसिङले बताएका छन् ।
जाडोको मौसममा सुरक्षित आवासको सुनिश्चितताबिना उनीहरूलाई पुनः विस्थापित गर्नु उचित नहुने उनको भनाइ छ । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अशक्त व्यक्तिहरूको अवस्थालाई संवेदनशीलतापूर्वक विचार गर्नुपर्ने उनले बताएका छन् ।
‘भूमिहीन तथा सुकुम्वासी समस्याको समाधान विस्थापन मात्र होइन, उचित पहिचान, संवाद र सम्मानजनक पुनर्स्थापना हो,’ घिसिङले भनेका छन् ।
उनले वैकल्पिक आवासको व्यवस्था नहुन्जेल आश्रयस्थल खाली गराउने निर्णय स्थगित गर्न, प्रभावित परिवारका आधारभूत आवश्यकता सुनिश्चित गर्न र दीर्घकालीन तथा न्यायपूर्ण समाधान खोज्न सरकारसँग आग्रह गरेका छन् ।
‘नागरिकलाई सुरक्षित आवास र सम्मानपूर्वक बाँच्ने अधिकार सुनिश्चित गर्नु राज्यको दायित्व हो,’ घिसिङले उल्लेख गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कर्णालीले रास्वपालाई मत नदिएपनि विकासमा अगाडी ल्याउछौं- रवि लामिछाने
-
वरिष्ठ अर्थशास्त्री बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध, कुलमानले गरे स्वागत
-
विपदबाट बेपत्ताका परिवारलाई मृतकसरह राहत दिन ५० करोड निकासा
-
जलवायु परिवर्तनको असर: चट्याङ १४० प्रतिशतसम्म वृद्धि हुनसक्ने अध्ययनको निष्कर्ष
-
बाजुरामा ट्रयाक्टर दुर्घटनाः तीन जनाको मृत्यु, चार जना घाइते
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।