चीन भ्रमणबारे महामन्त्री आचार्यको सभापति रवि लामिछानेलाई ब्रिफिङ
११ मार्ग, २०८३
- राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले चीन भ्रमणबाट फर्किएपछि पार्टी सभापति रवि लामिछानेलाई भ्रमणका विषयमा जानकारी गराएका छन् ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले चीन भ्रमणबाट फर्किएपछि पार्टी सभापति रवि लामिछानेलाई भ्रमणका विषयमा जानकारी गराएका छन् ।
नोभेम्बर १५ देखि चीनका विभिन्न प्रान्त तथा सहर सिचुवान, चच्याङ र बेइजिङको भ्रमणमा गएको आचार्य नेतृत्वको २० सदस्यीय टोली गएराती स्वदेश फर्किएको थियो ।
भ्रमणबारे भएको ब्रिफिङमा चिनियाँ कम्युनिस्ट पार्टीका नेता ली शुलेईसँग भएको उच्चस्तरीय भेटवार्ताबारे विशेष जानकारी गराइएको थियो ।
उक्त भेटसहित केन्द्रीय तहदेखि काउन्टीसम्मका नेताहरूसँग भएको संवादमा दुई पार्टीबीचको सम्बन्ध, राजनीतिक विश्वास अभिवृद्धि, नीतिगत तथा सांगठनिक अनुभव आदानप्रदान र सुशासन एवं विकासमा सहकार्यका विषयमा छलफल भएको आचार्यले बताएका छन् ।
भ्रमणका क्रममा विभिन्न उद्योग तथा व्यवसायको अवलोकन र अन्तरक्रिया गरिएको थियो। त्यस्तै, विपद्पूर्व तयारी, विपद्पछिको रणनीति र नेपाल–चीन द्विपक्षीय सहकार्यका सम्भावनाबारे भएका छलफलका विषयमा पनि उनले सभापति लामिछानेलाई जानकारी गराएका थिए ।
भेटमा सभापति लामिछानेले भ्रमणका क्रममा भएका उच्चस्तरीय राजनीतिक संवाद तथा सिकाइलाई पार्टीभित्र र देश विकासमा उपयोग हुने गरी कार्यान्वयनमा लैजान भ्रमण टोलीलाई निर्देशन दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कर्णालीले रास्वपालाई मत नदिएपनि विकासमा अगाडी ल्याउछौं- रवि लामिछाने
-
वरिष्ठ अर्थशास्त्री बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध, कुलमानले गरे स्वागत
-
विपदबाट बेपत्ताका परिवारलाई मृतकसरह राहत दिन ५० करोड निकासा
-
जलवायु परिवर्तनको असर: चट्याङ १४० प्रतिशतसम्म वृद्धि हुनसक्ने अध्ययनको निष्कर्ष
-
बाजुरामा ट्रयाक्टर दुर्घटनाः तीन जनाको मृत्यु, चार जना घाइते
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।