निर्वाचन आयोगमा दलका शीर्ष नेताहरूसँग छलफल जारी, बाहिरिए ओली

४ मार्ग, २०८३
सारांश
  • छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरू सहभागी छन् ।

काठमाडौँ : स्थानीय तह निर्वाचनको तयारीबारे निर्वाचन आयोगमा राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल जारी छ ।

 

छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरू सहभागी छन् ।

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने छलफलबाट बाहिरिएका छन्। बैठकमा एमालेका तर्फबाट नेता देवेन्द्र दाहाल सहभागी छन् । बैठकबाट बाहिरिने क्रममा ओलीले आफू उपस्थित भएर निस्किएको बताएका थिए । बाहिर निस्किएपछि प्रतिकृया दिदै ओलीले आउँदै आएन भन्ने नपरोस् भनेर आएको बताए ।

 

सबै दलका शीर्ष नेताहरू सहभागी हुँदा आफू किन नबसेको भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले एमालेबाट पनि सोही तहका नेता सहभागी रहेको बताएका थिए । 

 

छलफलका लागि राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आमन्त्रण गरिएको छ । आयोगले स्थानीय तह निर्वाचनसँगै प्रदेशसभा निर्वाचन पनि गर्ने विषयमा दलहरूको धारणा माग्ने तयारी गरेको छ ।

 

२०७९ सालमा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल आगामी वैशाखमा सकिँदैछ। त्यसअघि निर्वाचन सम्पन्न गर्ने तयारीस्वरूप आयोगले दलहरूसँग परामर्श थालेको हो ।

 

स्थानीय तह निर्वाचन ऐनअनुसार जनप्रतिनिधिको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि निर्वाचन गर्नुपर्ने व्यवस्था छ । यसअनुसार आगामी फागुन–चैतमा स्थानीय तह निर्वाचन गर्नुपर्ने हुन्छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार