गगन थापालाई पक्राउ गर्ने सामर्थ्य कसैसँग छैन : प्रचण्ड

२० कार्तिक, २०८३
सारांश
  • नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगन थापालाई पक्राउ गर्न कसैले नसक्ने दाबी गरेका छन्।

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगन थापालाई पक्राउ गर्न कसैले नसक्ने दाबी गरेका छन्।

 

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडाबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूले राखेको जिज्ञासाको जवाफ दिँदै प्रचण्डले थापाको पक्राउको विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनले पछिल्लो राजनीतिक घटनाक्रमप्रति सरकारको कार्यशैलीलाई लिएर समेत गम्भीर प्रश्न उठाएका छन्।

 

प्रचण्डले वर्तमान सरकार संविधान, लोकतन्त्र र गणतन्त्रका आधारभूत मूल्य तथा मान्यताबाट विचलित हुन खोजेको आरोप लगाए। सरकारको पछिल्लो गतिविधि देश र जनताका लागि चिन्ताको विषय बन्न थालेको उनको भनाइ थियो।

 

गगन थापाको पक्राउ हुन सक्ने चर्चाबारे सञ्चारकर्मीले प्रश्न गरेपछि प्रचण्डले उनलाई पक्राउ गर्न कसैले नसक्ने प्रतिक्रिया दिए। उनले भने, ‘सरकार संविधान, लोकतन्त्र, गणतन्त्रका मूल्य, मान्यता र मर्मभन्दा बाहिर जान खोजिराखेको छ। यो निकै चिन्ताको विषय छ देश र जनताको लागि पनि। गगनजीको कुरा गर्नुभयो, उहाँलाई पक्रिन कसैले सक्दैन।’

 

प्रचण्डले सरकारको पछिल्लो गतिविधिले राजनीतिक तथा संवैधानिक वातावरणमा थप प्रश्न सिर्जना गरेको समेत बताए। संविधान र लोकतान्त्रिक व्यवस्थाका मूल्यमान्यतालाई कमजोर पार्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने उनको संकेत थियो।

 

यस्तै, प्रहरी महानिरीक्षक (आईजीपी) हेरफेरसँग सम्बन्धित विषय अदालतसम्म पुगिसकेको भन्दै प्रचण्डले त्यसबारे तत्काल थप टिप्पणी गर्न आवश्यक नरहेको बताए। उक्त विषयमा न्यायालयबाटै आवश्यक निर्णय र धारणा आउने उनको भनाइ थियो।

 

आईजीपी हेरफेरको विषयमा सञ्चारकर्मीले जिज्ञासा राखेपछि उनले विषय अदालतमा प्रवेश गरिसकेको उल्लेख गर्दै अब अदालतले नै बोल्ने बताए। पछिल्लो राजनीतिक घटनाक्रमका बीच प्रचण्डको यस्तो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण

रोनाल्डोको खेल जीवनमा थुप्रै ऐतिहासिक उपलब्धि, अविश्वसनीय गोल र ठूला उपाधि जोडिएका छन् । उनले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र अल नासरबाट खेल्दै विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।

थप समाचार