काँग्रेसको लेखा समिति र राज्य व्यवस्था समितिको बैठक बोलाउन माग
२० कार्तिक, २०८३
- नेपाली कांग्रेसले प्रतिनिधिसभाको सार्बजनिक लेखा समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बोलाउन माग गरेको छ ।
काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभाको सार्बजनिक लेखा समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बोलाउन माग गरेको छ ।
काँग्रेसका सांसदहरुले सार्वजनिक लेखा समिति र राज्य व्यवस्था तथा सुशासन समितिमा छुट्टाछुट्टै निवेदन दिँदै तत्काल बैठक बोलाएर छलफल, अनुसन्धान र आवश्यक निर्देशन दिन आग्रह गरेका हुन् ।
उनीहरुले सुनकोशी मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको घटना तथा बिचौलिया भनिएका इनम सापकोटासँग जोडिएको प्रकरणमा छानबिन गर्न संसदीय समितिसमक्ष माग गरेका छन् ।
सांसद जनकराज गिरी र योगेश गौचन थकालीले सार्वजनिक लेखा समितिमा दिएको निवेदनमा राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको हेडवर्क्स तथा विद्युत्गृह निर्माणको ठेक्का अन्तिम चरणमा पुगेपछि रद्द गरिएको विषयमा छलफलको माग गरेका छन् ।
त्यस्तै, सांसद अर्जुननरसिंह केसी, निष्कल राई, भीष्मराज आङ्देम्बे र रेखा कुमारी यादवले राज्य व्यवस्था तथा सुशासन समितिमा निवेदन दिएका छन् ।
उनीहरूले बिचौलिया भनिएका इनम सापकोटा प्रहरी हिरासतमा रहेका बेला उनको मोबाइल फोन कसरी अनधिकृत व्यक्तिको पहुँचमा पुग्यो र उनीसँग सम्बन्धित भनिएका श्रव्य सामग्रीको आधिकारिकता के हो भन्ने विषयमा छानबिन गर्न माग गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा
-
गगन थापालाई पक्राउ गर्ने सामर्थ्य कसैसँग छैन : प्रचण्ड
-
राष्ट्रपति पौडेलसमक्ष भारतसहित तीन देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र
-
एनपीएलमा मिलरको शानदार डेभ्यु, कर्णालीमाथि सुदूरपश्चिमको शानदार जित
-
काँग्रेसको लेखा समिति र राज्य व्यवस्था समितिको बैठक बोलाउन माग
धेरै पढिएको
विशेष
रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण
रोनाल्डोको खेल जीवनमा थुप्रै ऐतिहासिक उपलब्धि, अविश्वसनीय गोल र ठूला उपाधि जोडिएका छन् । उनले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र अल नासरबाट खेल्दै विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।