- शुक्रबार सम्पन्न पहिलो खेलमा सुदूरपश्चिले कर्णालीलाई ३९ रनले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछाएको कर्णालीले २० ओभरमा ७ विकेट गुमाउदै १३७ रन बनाएको थियो ।
काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा कर्णाली याक्सलाई पराजित गरेको छ ।
शुक्रबार सम्पन्न पहिलो खेलमा सुदूरपश्चिले कर्णालीलाई ३९ रनले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछाएको कर्णालीले २० ओभरमा ७ विकेट गुमाउदै १३७ रन बनाएको थियो ।
कर्णालीका लागि एनपीएल डेभ्यु गरेका डेभिड मिलरले अविजित ९३ रन बनाएपनि टिमलाई जित भने दिलाउन सकेनन् । मिलरले ५५ बल खेल्दै ७ छक्का र ५ चौकासहित ९३ रन बनाएका थिए । उनलाई कर्णालीका अन्य ब्याट्सम्यानले साथ दिन सकेनन् । कर्णालीका दिपक डुम्रेले १८ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।
त्यस्तै सुदूरपश्चिमका बलर स्कट कुगगेलनले २ विकेट लिएका थिए भने हेमन्त धामी, अनिल खरेल, दिपेन्द्र सिंह ऐरी, थरिन्दु रत्नायाके र अविनाश बोहोराले एक एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो । सुदूरपश्चिमका लागि सैफ जैबले ३५ रन बनाए भने विनोद भण्डारीले २७, ब्रान्डन म्याकमुलेनले २४, इशान पाण्डेले २३, थरिन्दु रत्नायकेले अविजित २२ रन बनाएका थिए ।
त्यसैगरी कर्णालीका बलर मार्क वाटले २ विकेट लिए भने नन्दन यादव, हुसैन तलत, पवन सराफ र सुर्य तामाङले एक एक विकेट लिएका थिए ।
यो जितले सुदूरपश्चिमलाई ठुलो राहत दिएको छ । सुदूरपश्चिमको ५ खेलमा ६ अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै कर्णालीको भने ४ खेलमा ४ अंक रहेको छ र पाँचौं स्थानमा रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा
-
गगन थापालाई पक्राउ गर्ने सामर्थ्य कसैसँग छैन : प्रचण्ड
-
राष्ट्रपति पौडेलसमक्ष भारतसहित तीन देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र
-
एनपीएलमा मिलरको शानदार डेभ्यु, कर्णालीमाथि सुदूरपश्चिमको शानदार जित
-
काँग्रेसको लेखा समिति र राज्य व्यवस्था समितिको बैठक बोलाउन माग
धेरै पढिएको
विशेष
रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण
रोनाल्डोको खेल जीवनमा थुप्रै ऐतिहासिक उपलब्धि, अविश्वसनीय गोल र ठूला उपाधि जोडिएका छन् । उनले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र अल नासरबाट खेल्दै विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।