सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा
२० कार्तिक, २०८३
- आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा लिखु गाउँपालिका–९ पोकलीमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा फर्जी औँठाछाप, दोहोरो लाभग्राही विवरण तथा मृत्यु भइसकेका र बसाइँ सरेका व्यक्तिको नाममा रकम भुक्तानी गरेको अनुसन्धानबाट खुलेको आरोपपत्रमा उल्लेख छ ।
काठमाडौं : ओखलढुङ्गाको लिखु गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणमा ३१ लाख ६७ हजार २०० रुपैयाँ अनियमितता गरेको आरोपमा पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा लिखु गाउँपालिका–९ पोकलीमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा फर्जी औँठाछाप, दोहोरो लाभग्राही विवरण तथा मृत्यु भइसकेका र बसाइँ सरेका व्यक्तिको नाममा रकम भुक्तानी गरेको अनुसन्धानबाट खुलेको आरोपपत्रमा उल्लेख छ ।
अभियोगअनुसार तत्कालीन वडा अध्यक्ष शुकविर तामाङले आफ्नो औँठाछाप ३६० पटक प्रयोग गरी २९ लाख १५ हजार २०० रुपैयाँ भुक्तानी लिएको देखाइएको छ । त्यस्तै, मृत्यु भएका र बसाइँ सरेका लाभग्राहीको नाममा समेत भत्ता वितरण गरेको देखाएर थप २ लाख ५२ हजार रुपैयाँ हिनामिना गरिएको उल्लेख छ ।
यस प्रकरणमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जी, अभयकुमार गुप्ता, निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनानाथ चौधरी, वडा अध्यक्ष शुकविर तामाङ र एमआईएस अपरेटर खिला विकविरुद्ध मुद्दा दायर गरिएको हो ।
उनीहरूमध्ये ओमबहादुर दर्जीविरुद्ध ९ लाख ५३ हजार ६०० रुपैयाँ, अभयकुमार गुप्ताविरुद्ध ११ लाख ६७ हजार २०० रुपैयाँ र दिनानाथ चौधरीविरुद्ध ७ लाख ९४ हजार ४०० रुपैयाँ बिगो कायम गरिएको छ ।
त्यस्तै, वडा अध्यक्ष तामाङ र एमआईएस अपरेटर विकविरुद्ध जनही ३१ लाख ६७ हजार २०० रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार तथा सरकारी अभिलेखमा हेरफेर गरेको कसुरमा सजाय माग गरिएको छ ।
आरोपपत्रमा बिगो असुल, बिगो बराबर जरिवाना तथा कानुनअनुसार कैद सजाय गर्न मागदाबी गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा
-
गगन थापालाई पक्राउ गर्ने सामर्थ्य कसैसँग छैन : प्रचण्ड
-
राष्ट्रपति पौडेलसमक्ष भारतसहित तीन देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र
-
एनपीएलमा मिलरको शानदार डेभ्यु, कर्णालीमाथि सुदूरपश्चिमको शानदार जित
-
काँग्रेसको लेखा समिति र राज्य व्यवस्था समितिको बैठक बोलाउन माग
धेरै पढिएको
विशेष
रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण
रोनाल्डोको खेल जीवनमा थुप्रै ऐतिहासिक उपलब्धि, अविश्वसनीय गोल र ठूला उपाधि जोडिएका छन् । उनले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र अल नासरबाट खेल्दै विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।