- कार्कीले आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाइएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । उक्त निवेदन बिहीबार सर्वोच्च अदालतमा दर्ता भएको हो ।
काठमाडौं : निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई पदबाट हटाइएको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमा कात्तिक ३० गते सुनुवाइ हुने भएको छ ।
कार्कीले आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाइएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । उक्त निवेदन बिहीबार सर्वोच्च अदालतमा दर्ता भएको हो ।
कार्कीका तर्फबाट कानुन व्यवसायीमार्फत दर्ता गरिएको रिटमा सर्वोच्च अदालत प्रशासनले कात्तिक ३० गतेका लागि पेशी तोकेको जनाएको छ ।
यसअघि निवेदन अध्ययनकै क्रममा रहेकाले बिहीबार दर्ता हुन नसकेको बताइएको थियो । आवश्यक प्रक्रिया पूरा भएपछि निवेदन दर्ता भई सुनुवाइको मिति निर्धारण गरिएको हो ।
सरकारले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरेको छ । तर, उनले मन्त्रिपरिषद्को निर्णयसम्बन्धी पत्र भने बुझिसकेका छैनन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण
रोनाल्डोको खेल जीवनमा थुप्रै ऐतिहासिक उपलब्धि, अविश्वसनीय गोल र ठूला उपाधि जोडिएका छन् । उनले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र अल नासरबाट खेल्दै विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।