कांग्रेसभन्दा पहिले देशलाई केन्द्रमा राखेर अघि बढ्न विश्वप्रकाशको आग्रह
१२ कार्तिक, २०८३
- नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीभन्दा देशलाई प्राथमिकतामा राखेर अघि बढ्न नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई आग्रह गरेका छन् ।
काठमाण्डौ, १२ कार्त्तिक । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीभन्दा देशलाई प्राथमिकतामा राखेर अघि बढ्न नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई आग्रह गरेका छन् । उनले सभापति गगन थापाको नेतृत्वमा आधुनिक, व्यवस्थित र बलियो कांग्रेस निर्माण गर्दै समुन्नत नेपाल बनाउने अभियानमा जुट्नुपर्ने बताएका छन् ।
बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै शर्माले पार्टीका सबै नेता तथा सदस्यले संस्थागत रूपमा निर्धारित जिम्मेवारी पूरा गर्नुपर्ने बताए । सभापतिले तयार पार्ने कार्ययोजनाअनुसार तोकिएको भूगोल र जिम्मेवारीमा काम गरी समयमै केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझाउनुपर्ने उनको भनाइ थियो ।
उनले पार्टीमाथि उठ्ने आलोचना र प्रश्नलाई सकारात्मक रूपमा ग्रहण गर्न तथा गलत विषयको खण्डन स्वस्थ र विधिसम्मत प्रक्रियाबाट गर्नुपर्नेमा जोड दिए ।
शर्माले परिवर्तनका चुनौती सामना गर्न नवनिर्वाचित केन्द्रीय कार्यसमितिले सरकारसँग प्रभावकारी सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। उनले सभापति थापाको नेतृत्वमा संस्थागत र प्रभावकारी कार्यशैली अपनाउँदै एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।