अदालतमा मुद्दा रहेका कांग्रेसका चार निर्वाचित केन्द्रीय सदस्यको शपथ रोकियो

१२ कार्तिक, २०८३
सारांश
  • पार्टीको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित सन्तोष चालिसे, मोहन बस्नेत, विनिता खड्का र उमेशचन्द्र यादवको पद शपथ ग्रहण प्रक्रिया रोकिएको हो ।

काठमाडौं : नेपाली कांग्रेसले अदालतमा मुद्दा विचाराधीन रहेका चार नवनिर्वाचित केन्द्रीय सदस्यलाई तत्काल शपथ नगराउने भएको छ । 

 

पार्टीको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित सन्तोष चालिसे, मोहन बस्नेत, विनिता खड्का र उमेशचन्द्र यादवको पद शपथ ग्रहण प्रक्रिया रोकिएको हो ।

 

आज हुने केन्द्रीय सदस्यसहितको शपथमा उनीहरुलाई सहभागी नगराइने कांग्रेसका एक पदाधिकारीले जानकारी दिएका छन् ।

 

सभापति गगन थापाले शपथ लिइसकेका छन् । बाँकी पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज हुदैछ ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार