महानिरीक्षक कार्कीले बोलाए पिसीसी बैठक

१२ कार्तिक, २०८३
सारांश
  • प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीका सातै प्रदेशका प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई प्रहरी प्रधान कार्यालय काठमाडौंमा बोलाएको विषय चासोका साथ हेरिएको छ ।

काठमाडौं : प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीका सातै प्रदेशका प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई प्रहरी प्रधान कार्यालय काठमाडौंमा बोलाएको विषय चासोका साथ हेरिएको छ ।

 

प्रधानमन्त्री बालेन शाहको सचिवालयबाट राजीनामा दिन दबाब दिइएको भन्ने समाचार सार्वजनिक भइरहेका बेला महानिरीक्षक कार्कीले प्रहरी समन्वय समिति (पीसीसी) को बैठक बोलाएपछि चासो बढेको हो ।

 

प्रहरीका एक उच्च अधिकारीका अनुसार प्रदेश प्रहरी प्रमुखहरू काठमाडौं आउने क्रम जारी रहेको छ ।

 

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको अध्यक्षतामा दिउँसो २ बजे पीसीसी बैठक बस्ने बताइएको छ । प्रहरी संगठनको महत्वपूर्ण निर्णय प्रक्रियामा भूमिका खेल्ने पिसीसी बैठकले देशभरको शान्ति सुरक्षाको अवस्था, संगठनको आन्तरिक व्यवस्थापन र समसामयिक विषयमा छलफल हुने गर्दछ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार