निर्वाचन प्रहरीको पोसाक खरिदबारे संसदीय उपसमितिको अध्ययन सुरु

१२ कार्तिक, २०८३
सारांश
  • निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता भएको भन्दै उठेका प्रश्नबारे संसदीय उपसमितिले प्रारम्भिक अध्ययन सुरु गरेको छ ।

काठमाडौं :  निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता भएको भन्दै उठेका प्रश्नबारे संसदीय उपसमितिले प्रारम्भिक अध्ययन सुरु गरेको छ । 

 

बिहीबार बसेको उपसमितिको बैठकले कात्तिक ३० गतेभित्र प्रारम्भिक अध्ययन सक्ने गरी कार्यविधि तय गरेको हो ।

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाको नेतृत्वमा गठित नौ सदस्यीय उपसमितिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट प्राप्त कागजात अध्ययन गरिरहेको छ ।

 

गत प्रतिनिधिसभा निर्वाचनका लागि एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गरिएको थियो । उनीहरूको पोसाकका लागि करिब एक अर्ब रुपैयाँ निकासा भएको थियो । छोटो अवधिका लागि नियुक्त निर्वाचन प्रहरीलाई कमसल सामग्री उपलब्ध गराइएको भन्दै प्रश्न उठेपछि सार्वजनिक लेखा समितिले उपसमिति गठन गरेको थियो ।

 

झाको नेतृत्वमा गठित नौ सदस्यीय उपसमितिमा सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही सदस्य छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार