विराटनगर किंग्सले कर्णालीलाई दियो १८७ रनको लक्ष्य

१२ कार्तिक, २०८३
सारांश
  • नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको दोस्रो खेलमा विराटनगर किंग्सले कर्णाली याक्सलाई १८७ रनको लक्ष्य दिएको छ ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको दोस्रो खेलमा विराटनगर किंग्सले कर्णाली याक्सलाई १८७ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको विराटनगर किंग्सले २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाएको हो ।

 

विराटनगरका लागि लोकेश बमले सर्बाधिक ८७ रन बनाएका थिए । बमले ५२ बलमा ३ छक्का र ९ चौका प्रहार गर्दै ८७ रन बनाएर आउट भएका थिए । त्यस्तै एन्जेलो म्याथ्युजले ३१, आन्द्रे रसेलले २७ रनको योगदान दिएका थिए । त्यस्तै बसिर अहमदले १३ रन बनाएका थिए ।

 

त्यसैगरी, कर्णाली याक्सका बलर कप्तान सोमपाल कामीले ४ विकेट लिए भने मार्क वाट र नन्दन यादवले एक एक विकेट लिएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार