आर्मेनियाको संसदमा सत्तापक्ष र विपक्षी सांसदबीच कुटाकुट

१२ कार्तिक, २०८३
सारांश
  • विवादको जड विपक्षी नेताका भाइ सर्गिस कारापेटयनले पोडकास्टमा महिलाको यौन सन्तुष्टि र देशको घट्दो जन्मदरबारे दिएको अभिव्यक्ति थियो ।

एजेन्सी, १२ कार्त्तिक । महिलाबारे गरिएको विवादास्पद टिप्पणीलाई लिएर आर्मेनियाको संसदमा सत्तारूढ दल र विपक्षी सांसदबीच कुटाकुट भएको छ । बिहीबार भएको विवाद हात हालाहालमा परिणत भएपछि संसद्को बैठक नै स्थगित गर्नुपरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

 

सत्तारूढ दलका सांसद तारोन चखोयानले विपक्षी नेता नारेक कारापेटयनसँग महिलाबारे गरिएको टिप्पणीका लागि माफी माग्नुपर्ने बताएका थिए । उनले कारापेटयनका परिवारका सदस्यले विगतमा दिएको विवादास्पद अभिव्यक्तिको विषय उठाएपछि विपक्षी सांसदहरू आक्रोशित भएका थिए ।

 

विवादको जड विपक्षी नेताका भाइ सर्गिस कारापेटयनले पोडकास्टमा महिलाको यौन सन्तुष्टि र देशको घट्दो जन्मदरबारे दिएको अभिव्यक्ति थियो । उनले आफ्नो पार्टी सत्तामा आए कुनै पनि महिला यौन सन्तुष्टिबाट वञ्चित नहुने बताएका थिए । उक्त टिप्पणीलाई लिएर सत्तापक्षका सांसद चखोयानले महिलासँग माफी माग्नुपर्ने माग गरेका थिए ।

 

संसद्मा सुरु भएको भनाभन केहीबेरमै कुटाकुटमा परिणत भएको थियो । झडपका क्रममा एक सांसद भुइँमा लडेपछि सुरक्षाकर्मीले हस्तक्षेप गरी स्थिति नियन्त्रणमा लिएका थिए। घटनापछि संसद्को कार्यवाही रोकिएको थियो ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार