संवेदनशील सूचना चुहाउने जोसुकैलाई पनि कारबाही गर्ने गृहमन्त्री गुरुङको चेतावनी

२० असोज, २०८३
सारांश
  • गृहमन्त्री गुरुङले राज्यका संवेदनशील सूचना कुनै व्यक्तिको निजी सम्पत्ति नभएको स्पष्ट पार्दै यस्ता सूचना सार्वजनिक जिम्मेवारीसँग जोडिएका विषय भएको बताएका छन् ।

काठमाडौं : गृहमन्त्री सुदन गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा कार्यरत पदाधिकारी तथा कर्मचारीले आफ्नो पदीय जिम्मेवारी भुलेर गोप्य तथा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्तिमाथि आफूले लामो समयदेखि निगरानी गरिरहेको बताएका छन्।

 

गृहमन्त्री गुरुङले राज्यका संवेदनशील सूचना कुनै व्यक्तिको निजी सम्पत्ति नभएको स्पष्ट पार्दै यस्ता सूचना सार्वजनिक जिम्मेवारीसँग जोडिएका विषय भएको बताएका छन् ।

 

उनले पदका कारण राज्यका सूचनामा पहुँच प्राप्त हुने भए पनि त्यसको दुरुपयोग गर्ने अधिकार कसैलाई नरहेको बताएका छन्।

 

जिम्मेवारीमा रहेका व्यक्तिले सूचनाको संवेदनशीलता र त्यसको सम्भावित प्रभावलाई गम्भीर रूपमा लिनुपर्ने उनको भनाइ छ । गुरुङले राज्य संयन्त्रबाट प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गोप्य जानकारीसमेत अपराध रोकथाम, अनुसन्धान अघि बढाउन तथा भविष्यमा हुन सक्ने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक बन्न सक्ने बताएका छन्।

 

उनले राज्यले सुम्पिएको गोपनीयताको दुरुपयोग गर्नु गम्भीर विषय भएको उल्लेख गर्दै त्यस्तो कार्यबाट देश र संगठनप्रति विश्वासघात हुने बताए। गृहमन्त्री गुरुङले राज्यले सुम्पिएको गोपनीयता जानाजान भंग गर्ने जोसुकै भए पनि उन्मुक्ति नपाउने चेतावनी दिदै त्यस्ता व्यक्तिलाई कानुनको कठघरामा ल्याइने उनले स्पष्ट पारेका छन् ।

 

गृह मन्त्रालयले सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाललाई सूचना चुहावट गरेको भन्दै निलम्बन गरेपछि गृहमन्त्री गुरुङको यस्तो भनाई आएको हो ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार