- विनोद चौधरीले नेपाली कांग्रेसको समावेशीतर्फको उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
काठमाडौँ : विनोद चौधरीले नेपाली कांग्रेसको समावेशीतर्फको उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
चौधरीले उम्मेदवारी दर्ता गराउदै परम्पराको सम्मान गर्दै परिवर्तनको संकल्पका साथ नेपाली कांग्रेसलाई नयाँ ऊर्जा, नयाँ सोच र नयाँ दिशातर्फ अघि बढाउन मिलेर अगाडि बढ्ने बताएका छन् ।
त्यस्तै समावेशी उपसभापतिमा जीवन परियारले पनि मनोनयन दर्ता गराएका छन् । त्यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेता सुरेन्द्रराज पाण्डे, प्रवक्ता देवराज चालिसे र डा. मिनेन्द्र रिजालले खुलातर्फ उपसभापति पदमा मनोनयन दर्ता गराएका छन् ।
काँग्रेसले यस पटक वरिष्ठ उपसभापतिसहित पाँच उपसभापतिको व्यस्था गरेको छ । जसमा महिला र समावेशीलाई एक एक उपसभापति आरक्षण गरिएको छ भने खुलातर्फ २ उपसभापति र एक वरिष्ठ उपसभापति राखिएको छ । त्यस्तै महिलातर्फको उपसभापतिमा पुष्पा भुसालले उम्मेदवारी दर्ता गरेकी छन् ।
काँग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार आज साँझ ६ बजेसम्म उम्मेदवारी दर्ता हुने भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
राजस्व चुहावट रोक्न कुनै कसर बाँकी नराख्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको निर्देशन
-
२६ रनमै समेटियो नेपाल, भारत ए सँग लज्जास्पद हार
-
भारत ए ले नेपाललाई दियो ३३३ रनको लक्ष्य
-
प्रधानमन्त्रीको भारत भ्रमण सानातिना बिषयमा होइन, सद्भाव र बलियो ‘नेगोसिएसन’ को आधार तयार गर्न केन्द्रित हुनुपर्छ : राजन शर्मा
-
यस्तो छ प्रधानमन्त्रीको भारत भ्रमणको टाइमलाइन
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।