सञ्चार मन्त्रालय र मातहतका निकायबीच कार्यसम्पादन सम्झौता

२० असोज, २०८३
सारांश
  • सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार पौडेलबीच आर्थिक वर्ष २०८३/८४ का लागि कार्यसम्पादन सम्झौता भएको छ ।

काठमाडौं : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार पौडेलबीच आर्थिक वर्ष २०८३/८४ का लागि कार्यसम्पादन सम्झौता भएको छ ।

 

सोही अवसरमा नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, राष्ट्रिय समाचार समिति, गोरखापत्र संस्थान, सार्वजनिक सेवा प्रसारण संस्था, सुरक्षण मुद्रण केन्द्र र विज्ञापन बोर्डका प्रमुखसँग पनि कार्यसम्पादन सम्झौता गरिएको छ ।

 

मन्त्री तिमिल्सिनाले सम्झौतालाई औपचारिकतामा सीमित नगरी वार्षिक लक्ष्य र परिणाम प्राप्तिको आधार बनाउनुपर्ने बताए । उनले निर्धारित समयभित्र लक्ष्य पूरा गर्न र सबै निकायलाई आफ्नो जिम्मेवारीप्रति जवाफदेही बन्न आग्रह गरे ।

 

सम्झौतामा सुशासन, सार्वजनिक सेवा सुधार, सञ्चार तथा डिजिटल पूर्वाधार विस्तार, दूरसञ्चार सेवाको गुणस्तर र पहुँच वृद्धि तथा प्रशासनिक एवं वित्तीय सुधारलाई प्राथमिकता दिइएको छ । नागरिकका गुनासा शतप्रतिशत फर्छ्योट गर्ने लक्ष्यसमेत राखिएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार