काँग्रेसको महामन्त्रीमा प्रदीप पौडेलसहितको उम्मेदवारी दर्ता

२० असोज, २०८३
सारांश
  • नेपाली काँग्रेसको महामन्त्रीमा प्रदीप पौडेलसहितको उम्मेदवारी दर्ता भएको छ ।

काठमाडौँ : नेपाली काँग्रेसको महामन्त्रीमा प्रदीप पौडेलसहितको उम्मेदवारी दर्ता भएको छ ।

 

अहिलेसम्म महामन्त्रीमा पौडेलसहित शंकर तिवारी, नैनसिंह महर, सुनीलकुमार शर्मा र डिला संग्रौलाको उम्मेदवारी दर्ता भएको छ । पौडेल गत पुसमा भएको विशेष महाधिवेशनमा महामन्त्रीमा चयन भएका थिए ।

 

महिलातर्फ संग्रौलाको उम्मेदवारी परेको हो । महिलामा काँग्रेस नेतृ महालक्षी उपाध्याय डिनाले पनि महिलातर्फको महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

 

काँग्रेसले विधान संशोधन गरी महामन्त्रीको संख्या ३ पुर्‍याएको छ । जसमा एक महिला अनिवार्य गरिएको छ । 
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार