राष्ट्रसंघको ८१औँ महासभाको उद्घाटन कार्यक्रममा परराष्ट्रमन्त्री खनाल सहभागी
६ असोज, २०८३, मगलवार
- उनले आगामी सेप्टेम्बर २४ मा महासभाको सामान्य छलफललाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
न्युयोर्क: संयुक्त राष्ट्रसंघको ८१औँ महासभाअन्तर्गत उच्चस्तरीय छलफल आजदेखि सुरु भएको छ । उद्घाटन कार्यक्रममा नेपालबाट परराष्ट्रमन्त्री शिशिर खनाल सहभागी भएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सहभागिता जनाउँदै छन् । उनले आगामी सेप्टेम्बर २४ मा महासभाको सामान्य छलफललाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यस वर्षको महासभाको मुख्य विषय ‘विश्वास पुनर्स्थापना, परिवर्तनको व्यवस्थापन : सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसंघ’ रहेको छ । उक्त विषयले संयुक्त राष्ट्रसंघको बडापत्र तथा अन्तर्राष्ट्रिय कानुनका सिद्धान्तप्रति नेपालको निरन्तर विश्वास र विश्व शान्ति, मानव मर्यादा तथा दिगो विकास प्रवर्द्धनप्रतिको प्रतिबद्धतालाई समेटेको छ ।
नेपालले कसैलाई पनि पछाडि नछोड्ने भावनासहित विश्व शान्ति, मानव मर्यादा र दिगो विकासका लागि आफ्नो प्रतिबद्धता अघि बढाउँदै आएको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा
-
गगन थापालाई पक्राउ गर्ने सामर्थ्य कसैसँग छैन : प्रचण्ड
-
राष्ट्रपति पौडेलसमक्ष भारतसहित तीन देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र
-
एनपीएलमा मिलरको शानदार डेभ्यु, कर्णालीमाथि सुदूरपश्चिमको शानदार जित
-
काँग्रेसको लेखा समिति र राज्य व्यवस्था समितिको बैठक बोलाउन माग
धेरै पढिएको
विशेष
रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण
रोनाल्डोको खेल जीवनमा थुप्रै ऐतिहासिक उपलब्धि, अविश्वसनीय गोल र ठूला उपाधि जोडिएका छन् । उनले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र अल नासरबाट खेल्दै विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।