- प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार उनी दोहामा छोटो ट्रान्जिटपछि न्युयोर्क जाने छन् ।
काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह मंगलबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेका हुन् । यो प्रधानमन्त्री भएपछि शाहको पहिलो विदेश भ्रमण हो ।
प्रधानमन्त्री शाह कतार एयरवेजमार्फत त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार उनी दोहामा छोटो ट्रान्जिटपछि न्युयोर्क जाने छन् ।
प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई असोज ८ गते (सेप्टेम्बर २४) मा सम्बोधन गर्ने तालिका छ । न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री शाहको प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्यलगायत छन् । त्यस्तै परराष्ट्रमन्त्री शिशिर खनाल गत आइतबारनै अमेरिका प्रस्थान गरेका थिए ।
प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्किने तालिका रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।