लुम्बिनी प्रदेशकी सांसद काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
६ असोज, २०८३, मगलवार
- न्यायाधीश कुमार रेग्मीको एकल इजलासले मंगलबार यस्तो आदेश दिएको हो ।
काठमाडौं: जनता समाजवादी पार्टी नेपालकी लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासले मंगलबार यस्तो आदेश दिएको हो । अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफलका लागि दुवै पक्षलाई बोलाइएको छ ।
संसदीय दलको निर्देशनविपरीत मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिँदा पक्षमा उभिएको भन्दै काफ्लेलाई कारबाही गरिएको थियो । त्यसपछि प्रदेश सभा सचिवालयले उनको पद रिक्त भएको सूचना जारी गरेको थियो ।
उक्त निर्णयविरुद्ध काफ्ले सर्वोच्च अदालत पुगेकी थिइन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा
-
गगन थापालाई पक्राउ गर्ने सामर्थ्य कसैसँग छैन : प्रचण्ड
-
राष्ट्रपति पौडेलसमक्ष भारतसहित तीन देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र
-
एनपीएलमा मिलरको शानदार डेभ्यु, कर्णालीमाथि सुदूरपश्चिमको शानदार जित
-
काँग्रेसको लेखा समिति र राज्य व्यवस्था समितिको बैठक बोलाउन माग
धेरै पढिएको
विशेष
रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण
रोनाल्डोको खेल जीवनमा थुप्रै ऐतिहासिक उपलब्धि, अविश्वसनीय गोल र ठूला उपाधि जोडिएका छन् । उनले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र अल नासरबाट खेल्दै विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।