नेकपाले कम्युनिस्ट पार्टीहरुसँग एकताका लागि बनायो वार्ता समिति
६ असोज, २०८३, मगलवार
- समितिलाई एउटै कम्युनिस्ट पार्टी निर्माणका लागि सम्बन्धित पक्षसँग वार्ता तथा एकताको पहल गर्ने जिम्मेवारी दिइएको छ ।
काठमाडौं: नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले विचार मिल्ने कम्युनिस्ट तथा देशभक्त गणतन्त्रवादी दल र समूहसँग पार्टी एकताका लागि पहल गर्न तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।
नेकपाको केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङ, प्रकाश ज्वाला र गंगानारायण श्रेष्ठ रहेको वार्ता समिति गठन गरेको हो । समितिलाई एउटै कम्युनिस्ट पार्टी निर्माणका लागि सम्बन्धित पक्षसँग वार्ता तथा एकताको पहल गर्ने जिम्मेवारी दिइएको छ ।
पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार विचार मिल्ने सबै पक्षसँग एकताका लागि वार्ता गरिनेछ । संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षता तथा माधवकुमार नेपालको सञ्चालनमा बसेको बैठकले पार्टी र जनवर्गीय संगठनको समायोजन तथा सदस्यता नवीकरण, संगठन सुदृढीकरण अभियान र पार्टीमा अन्य समूहलाई समाहित गर्ने विषयलाई पनि एजेन्डामा राखेको छ ।
बैठकले महाधिवेशन तथा अधिवेशन, सचिवालय र कार्यसमिति बैठक, वर्तमान राष्ट्रिय परिस्थिति तथा पार्टीको दायित्वबारे छलफल गर्ने तय गरेको छ । त्यस्तै बैठकमा भोटेकोशी बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माण अभियानको विषयमा पनि छलफल हुने प्रवक्ता ज्वालाले जानकारी दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधानसेनापतिद्वारा चार सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान
-
नेकपाले कम्युनिस्ट पार्टीहरुसँग एकताका लागि बनायो वार्ता समिति
-
आफ्नो अपमान गरेको भन्दै संसद्मै भावुक बनिन् जेनजी शहिदकी आमा
-
ट्रम्पको प्रतिबन्धविरुद्ध सीएनएनसहित तीन सञ्चार संस्थाको कानुनी चुनौती
-
प्रधानमन्त्री शाहको विदाईमा परम्परागत औपचारिकता नहुने
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।