आज संघीय संसदमा नौ समितिको बैठक बस्दै

२०८३ भाद्र ०४ विहिवार
सारांश
  • आज प्रतिनिधि सभाको अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजेदेखि शुरु हुने समितिले जानकारी दिएको छ ।

काठमाण्डौ, ०४ भाद्र । आज संघीय संसदमा नौ समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभा अन्तर्गतका आठ र राष्ट्रिय सभा अन्तर्गतको एक समितिको बैठक बस्दैछ ।

 

आज प्रतिनिधि सभाको अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजेदेखि शुरु हुने समितिले जानकारी दिएको छ ।

 

त्यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बिहान १० बजेदेखि शुरु हुने जानकारी दिइएको छ ।

 

त्यस्तै, राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक भने दिउसो १ बजेदेखि शुरु हुने समितिले जानकारी दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार