- यसअघि नेपाल प्रहरीमा भएको अनियमितताको विषयमा बोलेको कुरामा अडिग रहेको बताउदै समितिमा आएर अपमान गर्न नपाइने बताए ।
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीको विषयमा यसअघि आफुले बोलेको कुरामा अडिग रहेको बताएका छन् ।
विहिबार सार्बजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सुनारले आफुले यसअघि नेपाल प्रहरीमा भएको अनियमितताको विषयमा बोलेको कुरामा अडिग रहेको बताउदै समितिमा आएर अपमान गर्न नपाइने बताए ।
उनले भने- 'हामीले १५ दिन भित्र प्रहरीसँग स्रोत साधन व्यवस्थापनमा भएका अनियमितताको बारेमा मागेका डकुमेन्ट आयो की आएन । फेरी यसै बीचमा प्रहरीले करोडौंको टेण्डर आव्हान गरेको छ । निश्चित बिचौलियाले प्रहरीको हेडक्वाटर कब्जा गरेका छन् । अस्ति गरेको प्रश्नमा म अडिग छु, म मजबुत छु, कहिँ कतै साथीहरुलाई मानमर्दन भयो भन्ने लाग्छ भने नजिकै अदालत छ गएर मुद्धा हाल्न सक्नुहुन्छ । कठघरामा उभिएर जवाफ दिन तयार छु । तर सार्वभौम समितिमा आएर टोपी भुइमा राखेर जुवारी खेल्न पाइदैन, सरकारको मानमर्दन गर्न पाइदैन ।'
यसअघि लेखा समितिको बैठकमा सुनारले निर्वाचन प्रहरीको लत्ता कपडा खरिदमा अनियमितता भएको भन्दै आइजीपी सहितका जिम्मेवार अधिकारीहरुमाथि अनुसन्धान हुनुपर्ने माग राखेपछि त्यो विषय विवादित बनेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।