- नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित तीन दलको समर्थन रहेको निवेदन प्रदेश प्रमुखको कार्यालयमा प्राप्त भएको जनाएको छ ।
हेटौँडा: बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापाको नियुक्ति हुने प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले जानकारी दिएका छन् ।
प्रदेश प्रमुखको कार्यालयले विहिबार विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेमा एमाले नेता थापाले तीन दलको समर्थनमा दाबी पेश गरेको उल्लेख गर्दै आजै ४ बजेर ५ मिनेट जादा थापालाई नियुक्त गर्ने जानकारी दिएको हो ।
भदौ ३ गते प्रदेश सभा सदस्य किरण थापा मगरलाई मुख्यमन्त्री नियुक्त गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित तीन दलको समर्थन रहेको निवेदन प्रदेश प्रमुखको कार्यालयमा प्राप्त भएको जनाएको छ ।
प्रदेश प्रमुखको कार्यालयका अनुसार संविधानको धारा १६८ को उपधारा (२) बमोजिम थापा मगरलाई भदौ ४ गते बिहीबार अपराह्न ४ बजेर ५ मिनेटमा बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्ने कार्यक्रम रहेको छ । मुख्यमन्त्रीको शपथ ग्रहण समारोह आजै अपराह्न ४ बजेर २० मिनेटमा सुरु हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
बागमतीमा सरकार बनाउन १२ सांसद रहेको राप्रपा संसदीय दलले समर्थन जनाएपछि राप्रपामा भने विवाद देखिएको छ ।
संसदीय दलले केन्द्रको निर्देशन विपरित एमालेलाई सरकार बनाउन समर्थन गरेपछि कारवाहीको तयारी गरेको छ । यसका लागि आजै राप्रपाको अनुशासन र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।