काँग्रेस महामन्त्री पौडेलद्वारा कालीकोटमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको निन्दा

२३ श्रावण, २०८३, शनिवार
सारांश
  • उनले अस्पतालभित्रै प्रवेश गरेर स्वास्थ्यकर्मीमाथि आक्रमण भएको घटनाको तत्काल पूर्ण छानबिन गरी दोषीमाथि कानुनअनुसार कारबाही गर्न माग गरेका छन् ।

काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कालीकोटको पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण तथा दुर्व्यवहारको निन्दा गरेका छन् ।

 

पौडेलले दुर्गम क्षेत्रमा स्वास्थ्यकर्मी पठाउन नै कठिन भइरहेको अवस्थामा नागरिकको सेवाका लागि ज्यान जोखिममा राखेर दूरदराजमा खटिएका चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मी आफ्नै कार्यस्थलमा असुरक्षित हुनु दुःखद र चिन्ताजनक विषय भएको बताएका छन् ।

 

उनले अस्पतालभित्रै प्रवेश गरेर स्वास्थ्यकर्मीमाथि आक्रमण भएको घटनाको तत्काल पूर्ण छानबिन गरी दोषीमाथि कानुनअनुसार कारबाही गर्न माग गरेका छन् ।

 

पौडेलले नागरिकको ज्यान बचाउने स्वास्थ्यकर्मीको आफ्नै ज्यान जोखिममा पर्ने अवस्था आउनु गम्भीर विषय भएको भन्दै सरकारले शान्ति सुरक्षाको व्यवस्थापनमा थप गम्भीरता र संवेदनशीलता देखाउनुपर्ने बताएका छन् ।

 

उनले देशभरका स्वास्थ्यकर्मीलाई भयरहित वातावरणमा काम गर्ने अवस्था सुनिश्चित गर्नसमेत सरकारसँग माग गरेका छन्।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार