प्रधानसेनापति सिग्देलको चिनियाँ रक्षामन्त्री जुनसँग शिष्टाचार भेटवार्ता
२०८३ असोज ०१ विहिवार- चीनको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति अशोक राज सिग्देलले चिनियाँ रक्षामन्त्री एडमिरल डोङ जुनसँग शिष्टाचार भेट गरेका छन् ।
काठमाण्डौ, ०१ असोज । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति अशोक राज सिग्देलले चिनियाँ रक्षामन्त्री एडमिरल डोङ जुनसँग शिष्टाचार भेट गरेका छन् ।
भेटवार्ताको क्रममा आपसी हित एवम् सैनिक सम्बन्धको बारेमा छलफल भएको नेपाली सेनाले जानकारी दिएको छ ।
त्यसैगरी, प्रधानसेनापतिले सोही दिन मित्रराष्ट्र चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निरीक्षण भ्रमण गर्नुका साथै बेइजिङमा आयोजना भएको द १३औं बेइजीङ सियाङसन फोरमको उद्घाटन सत्रमा समेत सरिक भएका नेपाली सेनाले जनाएको छ ।
भदौ २८ गते चीनको औपचारिक भ्रमणमा गएका प्रधानसेनापति सिग्देल असोज ३ गते स्वदेश फर्किने कार्यतालिका रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सुरक्षण मुद्रणमा आत्मनिर्भर बन्दै अन्तर्राष्ट्रिय बजारमा जाने लक्ष्य छ- सञ्चारमन्त्री तिमिल्सिना
-
प्रधानसेनापति सिग्देलको चिनियाँ रक्षामन्त्री जुनसँग शिष्टाचार भेटवार्ता
-
देउवालाई महाधिवेशनमा सहभागी गराउन सबै प्रयास गर्छु- गगन थापा
-
राष्ट्रपति पौडेललाई अख्तियारले बुझायो वार्षिक प्रतिवेदन
-
कृष्णभीरमा दीर्घकालीन समाधान खोज्न कुलमान घिसिङको आग्रह
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।